खोलाले बगाएर एक व्यक्ति बेपत्ता

साउन २१, २०७८ मा प्रकाशित | 490 views

गोरखा । आरुघाट गाउँपालिका–१ मान्वुस्थित डुडुरे खोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् । गोरु किनेर घर फर्कदै गर्दा सोही श्याम्चेतका स्थानीय ४२ बर्षीय सानुकमल गुरुङलाई खोलाले वगाएको हो ।

‘एक हल गोरु किनेर गोरुधनी सँगै आफ्नो घर फर्कदै रहेछन्,’ डीएसपी प्रकाश दाहालले भने, ‘खोला तर्ने क्रममा गुरुङलाई बगाएछ ।’ गोरुधनी नरबहादुर गुरुङले छरछिमेक र निजका आफन्तलाई खबर गरेपछि प्रहरीलाई जानकारी भएको उनले बताए ।

मान्वु प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले स्थानीयको सहयोगमा वेपत्ता गुरुङको खोजी कार्य गरिरहेको डीएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web