ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा

साउन २१, २०७८ मा प्रकाशित | 673 views

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधवारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाण्डौ महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघर एवम् धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङबेँसीमा रहेकाे बीच बजारमा गरी एकैसाथ सात नयाँ ठाउँमा शाखा सञ्चालनमा ल्याएको हाे। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको सङ्ख्या २८० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउण्टर, २५७ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

‘सबैका लागि बैंक’भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web