ब्यारेक खोल्सा पुलमा क्षति पुगेर अबरुद्ध सडक खुल्यो

साउन १७, २०७८ मा प्रकाशित | 511 views

त्रिशूली । अबिरल वर्षातको कारण नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोलामा पुल भासिएसगैँ अबरुद्ध भएको सडक आंशिक रुपमा सुचारु भएको छ ।
शुक्रबार रातीको वर्षातको कारण अबरुद्ध बनेको सडक हिजो शनिबार दिनभर मर्मतसम्भार गरेर राती ८ बजेदेखि सञ्चालनमा आएको हो । ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजनाको कार्यालय र यस सडकको निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी तुदी कन्सट्रक्सन मार्फत परिचालन गरिएको जनशक्ति र उपकरण मार्फत बाढीले क्षति बनाएको पुलमा ह्युम पाइप राखेर तारजालीको पर्खाल लगाई अहिलेको लागी आशिंक रुपमा अर्थात एक लेनको सडक खुला गरिएको योजना कार्यालयका प्रमुख प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभएको छ ।
हिजो दिनभर अबरुद्ध रहेको सडक राती ८ बजे सञ्चालनमा आएसगैँ रोकिएका सवारीसाधानहरु गन्तव्य तर्फ लागेका थिए । बैकल्पिक सडक उपयुक्त नहुदाँ ब्यारेक खोल्साको पुलमा पुगेको क्षतिले विदुरबाट काठमाडौतर्फ जानको लागी खोल्सा पार गर्नबाट रोकिएका थिए भने काठमाडौबाट विदुर र रसुवाको लागी आएका सवारीसाधन बट्टारमै रोकिन बाध्य भएकोमा गएराती ८ बजेदेखि सञ्चालनमा आएको छ ।
अहिले आशिंक रुपमा खोलिएको सडकमा मर्मतको काम बाँकी रहेकाले थप व्यवस्थित बनाउन अझै समय लाग्ने देखिएको ‘गल्छी–रसुवागढी’ योजनाको कार्यालयले जनाएको छ । बुधबार रातीको बाढीले क्षति पुराएको सडक तत्कालै खुलाउन पर्ने भएर बिहीबार माटो भनेर सुचारु गरिएकोमा शुक्रबार राती माटो बगाई थप क्षति बनाएसगैँ हिजो शनिबार भने ह्युमपाइप तारजालीको पर्खाल लगाई ब्यवस्थित बनाएर सडक खुलाइएको ‘गल्छी–रसुवागढी’ योजनाको कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web