तुइनको डोरी निकालिदिंदा नदीमा खसे नेपाली नागरिक

साउन १६, २०७८ मा प्रकाशित | 417 views

धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web