उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

साउन १५, २०७८ मा प्रकाशित | 452 views

काठमाडौं । चिनी उद्योगले पैसा नदिएपछि सर्लाहीका ७४ वर्षका गगनदेव राय बुधबार तेस्रो पटक काठमाडौं आएका छन् । उद्योगलाई उखु बेचेको रकम वर्षौदेखि नपाएपछि सरकारलाई खबरदारी गर्न काठमाडौं आएको टोलीमा उनको गाउँका ५ जना छन् ।

सर्लाहीको धनकौलमा उखु खेती गर्ने राय २०७७ पुसको २५ देखि काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा पनि अग्रपंक्तिमा थिए । रायले धनकौलमै रहेको अन्नपूर्ण चिनी मिलबाट उखु बिक्री बापतको चार लाख रुपैयाँ लिन बाँकी छ ।

मिलबाट पैसा आउला र तिरौंला भन्दै घर खर्च चलाएका रायले ऋण बढेर सात लाख रुपैयाँ पुगिसक्दा पनि उखु बेचेको पैसा पाएका छैनन् । वयोबृद्ध गगनदेव जस्तै पीडित किसान देशभर पाँच हजार भन्दा धेरै रहेको उखु उत्पादक महासंघ नेपालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web