पद पुर्नबहालीको माग गर्दै पूर्व माओवादीको नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

साउन १४, २०७८ मा प्रकाशित | 673 views

काठमाडौं । सांसद पुनर्बहालीको माग गर्दै माओवादीका चार पूर्वसांसदले दिएको निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो। नेकपा (एमाले) प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए। आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web