छोरीको नाममा सेयर किन्ने बोर्डका अध्यक्षलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

साउन १४, २०७८ मा प्रकाशित | 381 views

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालय स्पष्टीकरण सोधेको छ ।

ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो ।

अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यले पत्रकाटी सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के हो, सोको स्पष्ट तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

अध्यक्ष ढुंगानाले स्वार्थ बाझिने गरी शेयर खरीद गरेको आरोप लागेको हो । तर विबाद भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले विहे गरेको छोरीले शेयर किन्न धितोपत्र बोर्डको कर्मचारी विनियमावली र कानूनले बन्देज नलगाउने दाबी गरेका छन् ।

ढुंगानाकी छोरी रेबिकाले सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर किनेको विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web