एसइईको नतिजा साउन २५ गतेभित्र प्रकाशित गर्ने तयारी

साउन १४, २०७८ मा प्रकाशित | 452 views

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र प्रकाशित गर्ने भएको छ ।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन २५ गते भित्रमा २०७७ को एसइई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको बताउनुभयो ।

कुनै प्राविधिक कठिनाइ नआए आगामी शुक्रवारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साता भित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सबै जिल्लाबाट विद्यार्थीहरूको मूल्याङ्कन नतिजा आएर इन्ट्री गरिसकिएको र नम्बर रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।

यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन गर्ने भनिए पनि त्यो भन्दा छिटो गर्ने तयारी भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।

गत जेठ १३ गतेदेखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर दोस्रो लहरको कोभिड–१९ संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web