योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

साउन १२, २०७८ मा प्रकाशित | 513 views

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्व पौडेल नियुक्त हुनुभएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा युवा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको हो ।

पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसक्नुभएको छ । यस्तै उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा रहेर काम गरिसक्नुभएको छ ।

यस्तै बैठकले याेजना आयाेगकाे सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web