युवती तस्कर गर्न दलालको नयाँ – नयाँ ट्रिक, इराक जाने ४ युवतीको उद्धार

असार १, २०७३ मा प्रकाशित | 1004 views

१ असार, कञ्चनपुर । मानव बेचविखनमा सक्रिय दलालहरुले मानव तस्करका नया नया ट्रिकहरु प्रयोग गर्दे नेपाली चेलीहरुलाई बैदेशिक रोजगारीको बहानामा भारत तथा खाडि मुलुकमा तस्करी गर्ने रहस्य पछिल्ला दिनहरुमा खुल्दै आईरहेका छन । तस्करहरुले विभिन्न नयाँ नयाँ योजना हरु मार्फत मानव तस्करी गर्ने क्रममा घरपरिवारका सदस्य बुवा, दाजु–भाई लाईनै प्रयोग गर्दै युवतीहरुलाई तस्करी गर्न नयाा ‘ट्रिक’ अघी सारेका हुन् । आज मंगलबार मात्रै माईती नेपाल कञ्चनपुरले बाबु र सहोदर दाजु संगै भारत जान लागेका चार युवतीलाई पश्चिमी सिमानाका गड्डाचौकीबाट रोकथाम गरेको छ । माईती नेपाल कञ्चनपुरका अनुसार एक सिन्धुपाल्चोक र ३ काभ्रेका युवतीहरुलाई बेचबिखनको जोखिममा पर्नबाट जोगिएका हुन उनीहरुलाई भारतको वाटो हुदै रोजगारीका लागी ईराक जान लागेका पाईएका छ । २० बर्ष देखि २२ बर्ष उमेर समुहका चार वटै युवतीलाई बुवा र दाजु संगै बसमा भेटिए पछि गड्चौकीमा चेक जाँचका क्रममा माईती नेपालले उनीहरुलाई नियन्त्रणमा लिएको थियो काठमाण्डौ देखि दिल्लीको बसमा आएका चारै जनाले भारतको सिम्ला पहाड घुम्न जाने बताए पछि जोखिममा पर्न सक्ने भन्दै उनीहरुलाई पुर्‍याउन आएका बाबु सहित नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले भारतको दिल्ली बाट ईराक जाने बताएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ  चारै जनालाई गाँउकै दलालहरुले रोजगार दिने भन्दै प्रलोभनमा पारी जोखिम पारेको माईती नेपाल कञ्चनपुरले जनाएको छ ।  दलालले नै काठमाडौं देखी दिल्ली सम्मको टिकट कटिदिएको र दलालले सिमा क्षेत्रमा कसैले सोधपुछ गरेपछी बाबु संग घुम्न जाने भनि सिकाएको माईती नेपाल समक्ष ति युवतीहरुले बताएका छन । माईती नेपाल कञ्चनपुरले चारै युवतीहरुलाई नियन्त्रणमा लिए पछि उनीहरुका पुर्‍याउन आएका बाबु र दाजुलाई लाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ  भने युवतीहरुलाई माईती नेपाल कञ्चनपुरका आवधिक गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक केदार खनाले मानव तस्करले युवतीका घरपरिवारका सदस्य लाईनै प्रयोग गरेकाले उनीहरुलाई घर फर्काउने बताउनुभएको छ । यसरी मानव तस्करहरुले गरिब र भुकम्प प्रभावित जिल्लाका युवतीहरुलाई अवैधानिक तरिकाले खाडि मुलुक पठाउने र शारिरिक शोषण तथा यौन धन्दा गराउनका लागि रोजगारी दिने षडयन्त्र रचेर युवतीकै घरपरिवारका  बुवा, दाजुभाइृ लाईनै प्रयोग गरिरहेका छन् । माईती नेपाल कञ्चनपुरले मात्रै भुकम्प पछिको अवधिमा पश्चिमी नाका गड्डाचौकी बाट २ सय ६० जना महिलाको रोकथाम गरी परिवारजन लाई बुझाएको र १८ जना को जोखिममा परिसके पछि उद्धार गरीसकेको छ । जसमध्ये भारत का विभिन्न सहरबाट १६ जना महिला तथा कञ्चनपुर बाट २ जना महिलाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web