सुर्खेतबाट एकै दिन ६ जना फरार प्रतिवादी पक्राउ

साउन ११, २०७८ मा प्रकाशित | 412 views

सुर्खेत । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले सुर्खेतबाट एकैदिनमा पक्राउ गरेको छ ।

ठगी, जालसाजी र लिखत बेइज्जती मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा सोमबार ६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ का ५५ वर्षीय पूर्णबहादुर सार्की, वीरेन्द्रनगर–३ की ४५ वर्षीया जैसरा बोहरा, वीरेन्द्रनगर–१० का २७ वर्षीय कुमार गुरुङ, सोही ठाउँका २६ वर्षीय सुमन गुरुङ, ५५ वर्षीया विष्णुमाया गुरुङ र दाङको तुलसीपुर उपमहानगरपालिका–७ घर भई वीरेन्द्रनगर–११ मा बस्दै आएका ५३ वर्षीय दामे दमाई रहेका छन् ।

पूर्णबहादुरलाई जिल्ला अदालत सुर्खेतले ठगी मुद्दामा ६ महिना कैद सजाय र ६ हजार जरिवाना सुनाएको थियो भने जैसरालाई लिखत बेइज्जती मुद्दामा तीन हजार जरिवाना सुनाएको थियो ।

यस्तै जालसाजी मुद्दामा कुमार, सुमन र विष्णुमायालाई एक/एक सय रुपैयाँ जरिवाना सुनाएको थियो भने दामेलाई ठगी मुद्दामा ६ महिना कैद सजाय र ६ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

पक्राउ परेका ६ जनालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web