११ दिनदेखि हराइरहेकी युवती मृत अवस्थामा भेटिइन्

साउन ११, २०७८ मा प्रकाशित | 325 views

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचाेककी २० वर्षीया युवती सम्झना राेकाकाे शव आइतबार भेटिएको छ ।

साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोकाकाे शव घरबाट एक सय मिटर टाढा कुकुरपानी जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ ।

घरबाट हराएपछि इलाका प्रहरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । आज युवतीकाे शव सडेको अवस्थामा भेटिएको हाे ।

घटनाकाे बारेमा छानबिन गर्न परिवार र छिमेकीले प्रहरीसँग आग्रह गरेका छन् । शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web