प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने !

साउन ८, २०७८ मा प्रकाशित | 527 views

काठमाडौँ । आज प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर बनेको छ ।

यसले गर्दा आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना छैन । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ ।

मौसमविद्ले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web