२३ मिनेटमा जनकपुरबाट जयनगर पुग्यो रेल

साउन ४, २०७८ मा प्रकाशित | 364 views

काठमाडौं । जनकपुरको कुर्थाबाट जयनगरसम्म भारतले विस्तार गरेको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार भारतबाट आएको गति परीक्षण गर्ने विशेष रेलले ३५ किलोमिटरको यो रेलमार्ग पार गर्न २३ मिनेट लगाएको छ ।

यसअनुसार यो रुटमा करिब ९१.३० किलोमिटर प्रतिघण्टासम्म औसत गति कायम गरेर रेल कुद्न सक्ने देखिएको छ । रेलमार्गमा ११५ किलोमिटर प्रतिघण्टासम्मको उच्च गति कायम गरेर रेल कुदेको कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जानकारी दिए ।

‘स्पिड टेस्ट’ गरेपनि रेलमार्गमा कहिलेबाट यो रूटमा रेल सञ्चालनमा आउँछ भन्ने टुंगो लागेको छैन । यो रुटमा चलाउन २०७७ असोज २ तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीका अनुसार यी रेल धनुषाको इनर्वामा पार्किङमा राखिएका छन् ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

कम्पनीका महाप्रवन्धक भट्टराई अध्यादेश संसदमा टेबल भएले कानुनका रेल चलाउन कानुनी बाधा नपर्ने भट्टराई बताउँछन् । उनका अनुसार केपी ओली नेतृत्वको तत्कालीन सरकारले रेल चलाउने वातावरण बनाउन राष्ट्रियसभाले संशोधन गरेको मस्यौदालाई रेल्वे अध्यादेशका रुपमा ल्याएको थियो ।

कानुनको अभावमा रेल चलाउन नसकिने भएपछि संसद विघटनपछि ओली नेतृत्वको सरकारले संसदमा पेश भएकै विधेयकलाई कानूनमा रुपमा अध्यादेश बनाएर जारी गरेको थियो ।

रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतबाट प्राविधिक जनशक्ति ल्याउन समझदारी गरिसकेको छ भने भने ज्यालादारीमा करिब २०० कर्मचारी भर्ना पनि गरेको छ ।

कम्पनीका महाप्रवन्धक भट्टराई रेल चलाउने कुरामा राजनीति नहुने विश्वास व्यक्त गर्छन् । ‘भौतिक पूर्वाधार मन्त्रालयमा नयाँ नेतृत्व आउने वित्तिकै रेल चलाउन बाँकी रहेका प्रक्रियाहरु पुरा गर्नतर्फ लाग्छौं,’ उनले भने,’अन्तरदेशीय रेलमार्ग भएकाले भारत पनि रेल चलाउन सहमत हुनुपर्छ ।’

स्पिड टेस्टपछि अब भारतले विस्तारित रेलमार्गको हस्तान्तरण गर्नुपर्छ । रेल सञ्चालनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर पनि दुई देशबीच आदानप्रदान हुनुपर्छ । महामारीकालमा रेल चलाउने प्रोटोकल पनि आवश्यक पर्ने अवस्था छ ।

रेल चलाउन धेरैजसो प्राविधिक तयारी सकिएकाले अब लामो समय नलाग्ने महाप्रवनधक भट्टराईको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web