मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तान आईसीसीको नयाँ एसोसियट सदस्य

साउन ३, २०७८ मा प्रकाशित | 581 views

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तानलाई सदस्यता दिएको छ । आईसीसीको ७८ औं वार्षिक साधारण सभाले यी तीन देशलाई सदस्यता दिएको हो ।

योसँगै आईसीसीको सदस्य राष्ट्रको संख्या १ सय ६ पुगेको छ । मंगोलिया र ताजिकिस्तान एसिया क्षेत्रको २२ औं र २३ औं सदस्य बनेका छन् । स्विट्जरल्याण्ड युरोपबाट आईसीसीकाे सदस्यता पाउने ३५ औं राष्ट्र बनेकाे छ । तीन देशले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web