प्रतिनिधिसभामा प्रधानमन्त्रीद्वारा विश्वासको मत माग

साउन ३, २०७८ मा प्रकाशित | 432 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको जारी दोस्रो बैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरुसँग माग गरेका हुन् ।

देउवाले विश्वासको मतको प्रस्ताव राखेपछि अहिले संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट नेताहरुले बोलिरहेका छन् ।

सांसदहरुले बोलिसकेपछि प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने र विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने संसद्‌को कार्यसूची छ । त्यसपछि मत विभाजन र प्राप्त परिणाम सभामुखले सुनाउने छन् ।

प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिने निर्णय लिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web