प्रतिनिधिसभाको बैठकमा पुगे ओली

प्रतिनिधिसभा बैठक

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । देउवालाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा, एमाले लगायतले मत दिने भएका छन् । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो । ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेकी थिइन् ।

प्रतिक्रिया

TOP