प्रतिनिधिसभा बैठक सुरु

साउन ३, २०७८ मा प्रकाशित | 379 views

काठमाडौँ । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ । केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो । अदालतको परमादेशअनुसार असार २९ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भइसकेका छन् ।

प्रधानमन्त्री देउवाले आजै बस्ने संसद्‌को दोस्रो बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web