जसपा यादव पक्षले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने

साउन ३, २०७८ मा प्रकाशित | 375 views

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा यादव-भट्टराई पक्षको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

ज्येष्ठ सदस्य महेन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । उनका अनुसारर बैठकमा १९ जना सांसद उपस्थित थिए ।

देउवाले आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web