काँग्रेस क्रियाशील छानबिन समितिका सदस्य घिमिरे कुटिए

साउन १, २०७८ मा प्रकाशित | 630 views

काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्य छानविन समितिका समेत सदस्य श्याम घिमिरेमाथि हातपात भएको छ । क्रियाशील सदस्यता छानविन समिति कार्यस्थल गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर सिन्धुपाल्चोकका कार्यकर्ताले घिमिरेमाथि हातपात गरेका हुन् ।

आफूहरू निकटलाई सदस्यता नदिइने काम गरिएको भन्दै घिमिरेलाई हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका थिए । घिमिरे अहिले धर्मशालाभित्रै आराम गरिरहेको छन् । सिन्धुपाल्चोक लगायतका केही जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी चरम विवाद छ ।

१३ औं महाधिवेशनमा क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारीपछि केन्द्रीय सदस्य मोहन बस्नेतले शुक्रबार विहान फोन गरेर धम्की दिएको घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web