भिरबाट लडेर एकको मृत्यु,एक घाइते

साउन १, २०७८ मा प्रकाशित | 609 views

दैलेख । दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लड्दा अर्का एक जना घाइते भएका छन् । भिरबाट लडेर भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की १७ वर्षीया टीका बीसीको ज्यान गएको हो ।

स्याउली पाखामा घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै भिरबाट खसेर टीका बीसीको ज्यान गएको प्रहरीले जनाएको छ । ढाड र टाउकोमा चोट लागेकी रोशनीलाई उपचारका लागि सुर्खेत लगिएको छ ।

गाईवस्तुलाई घाँस काट्न भिरमा जाने गर्दा दैलेखमा बर्सेनि केहीले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web