प्रधानमन्त्री देउवालाई भारतीय राजदूतले दिए बधाई

असार ३०, २०७८ मा प्रकाशित | 428 views

काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।

देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भेटेर बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web