काठमाडौँ । कोरोना संक्रमित भेटिएपछि आफ्नो घर ‘सिल’ गरेको भन्ने समाचारको अभिनेता सुनील सेट्टीले खण्डन गरेका छन् । यस्ता समाचारहरू देखेपछि बिहानदेखि आफूलाई धेरै फोन र म्यासेजहरू आइरहेको भन्दै उनले आफ्नो परिवार कोही पनि घरमै नभएको बताएका छन् ।
बलिउड हंगामासँग कुरा गर्दै सुनील भन्छन्, “मिडियाले यो के बनाइराखेको छ ? हामी घरमा पनि छैनौँ । मेरी छोरी अथिया र अहान लण्डनमा छन् । मेरी पत्नी र म पनि घरमा छैनौँ । रिर्पोटहरू फैलिरहेको छ ।”
सुनीलका अनुसार उनीहरू बस्ने कोलोनीको एउटा घरमा मात्रै संक्रमित भेटिएको हो । तर यति सानो कुरालाई मिडियाले किन यति ठूलो खबर बनाइराखेको छ भन्दै उनी प्रश्न गर्छन् ।
सुनीलका छोरा अहान अहिले सन् २०२२ मा बलिउडमा डेब्यू गर्न तयार गरिरहेका छन् । उनी साजिद नाडियाडवालाको ‘तडप’ बाट बलिउडमा प्रवेश गर्दैछन् ।
19.28¡ÆC