कांग्रेसबाट प्रधानमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने

असार २९, २०७८ मा प्रकाशित | 459 views

काठमाडौँ । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनाले शपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्रीमा नियुक्ति गरेसँगै तीन जनाले शपथ लिने भएका हुन् ।

प्रधानमन्त्रीसहित मन्त्रीहरु अहिले साँझ ६ बजे शपथ कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यस्तै सत्ता साझेदार माओवादी केन्द्रले पनि जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web