राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

असार २८, २०७८ मा प्रकाशित | 387 views

काठमाडौँ । काठमाण्डाै – राष्ट्रिय सभाकाे आठाैँ अधिवेशन आजदेखि अन्त्य हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाकाे अधिवशेन अन्त्य गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/०३/२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।

यसअघि राष्ट्रिय सभाले भाेलि मङ्गलबार दिउँसो ३ बजेका लागि अर्को बैठककाे तय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web