नेकपा माओवादी केन्द्र पार्टी वैधानिक : निर्वाचन आयोग

असार २७, २०७८ मा प्रकाशित | 350 views

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।
आज बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकी मार्फत हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले निवेदन दिएका थिए ।
निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन नगरेको भन्दै वैधानिकतामा प्रश्न उठाइएको थियो । आयोगले माओवादी केन्द्र संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको देखिएकाले वैधानिकतामा प्रश्न उठाउन नमिल्ने ठहर गरेको छ भने माओवादी केन्द्र दल वैधानिक रहेको पुष्टि गर्न विभिन्न उदाहरणहरु दिएको छ ।
माओवादी केन्द्रले २०७३ मंसिर ३० गते दल दर्ता गरेको र उसले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पनि दल दर्ता गरेको उल्लेख गरेको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फुटेपछि ति दल अब अलग–अलग हुने गरि गरेको फैसला पछि पनि नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web