त्रिशूली । खाल्सा एड इन्टरनेशनल मार्फत प्राप्त भएको राहत सामाग्रि नुवाकोटको विभिन्न स्थानका आर्थिक अबस्था कमजोर भएका तथा विपन्न २७५ परिवारलाई वितरण गरिएको छ । लोककुमारी भुजेल स्मृति सँस्था, जिल्ला एम्वुलेन्स चालक संघ नुवाकोट र ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को समन्वय तथा सहजिकरणमा शनिबार र आइतबार विदुर नगरपालिकाको वडा नं. २, ३ ८ र १३ मा राहत सामाग्री वितरण गरिएको हो । नुवाकोट जिल्लाको विदुर नगरपालिकाको वडा नं. २ का २० घरधुरी, वडा नं. ३ का ११० घरधुरी, वडा नं. ८ का ६० घरधुरी र वडा नं. १३ को ९० घरधुरी परिवारको लागी राहत स्वरुप खाद्यान्न तथा सरसफाईका सामाग्रिहरु चामल, दाल, नुन, तेल, आलु, प्याज, मञ्जन लगायतका दैनिक प्रयोगको अत्यावश्यक सामाग्रिहरु वितरण गरिएको लोककुमारी भुजेल स्मृति सँस्थाका सञ्चालक तथा समाजसेवी युवा दीपक भुजेलले जानकारी दिनुभयो । उहाँको अनुसार अहिले वडाका जनप्रतिनिधि मार्फत संकलन गरिएको नामावलीले छिट्टो र दु्रत रुपमा तीनदिन भित्रै राहत ल्याउन पहल गरिएकाले यसक्रममा छुटेका अझै केही घरपरिवारको नामावली संकलन गरेर उनीहरुको लागी पनि सम्बोधन गरेर थप केही स्थानका परिवारको लागी राहत उपलब्ध गराउने उद्देष्यले पहल अघि बढाइको छ ।

कोरोना रोगको कारण आर्थिक उपार्जन गुमाएका तथा शारिरिक रुपमा अशक्त भएका व्यक्ति र उनीहरुको परिवारलाई खाद्यान्नको अभाव हुन् नदिनको लागी दाताहरुको सहयोगमा प्राप्त भएको राहत सामाग्रि वितरण गरिएको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का संयोजक युवा समाजसेवी तथा अभियन्ता मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभयो । उहाँको अनुसार गएको वर्ष जस्तै यो वर्ष पनि कोरोना रोग रोक्नको लागी लगाइएको निषेधाज्ञाको समयमा असहज भएको आर्थिक अबस्था कमजोर भएका व्यक्तिको परिवारको लागी सहयोग उपलब्ध पुराई खानाको अभाव हुन नदिन नुवाकोट जिल्लाको विभिन्न स्थानमा राहत वितरण कार्यक्रम अभियानको रुपमा चलिरहेको छ । सोही क्रममा पछिल्लो दुई दिनमा २७५ परिवारको लागी खाद्यान्न तथा सरसफाईको राहत सामाग्रि वितरण गरिएको हो । गएको वर्ष ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ले नुवाकोटको विदुर नगरपालिका भित्रका एक हजार ६०० सहित नुवाकोट जिल्लाको विभिन्न स्थानमा दुई हजारभन्दा बढीलाई खाद्यान्न सहयोग पुराएको थियो । यो वर्ष पनि विभिन्न क्षेत्रबाट श्रोत जुटाई शारिरिक रुपमा असक्त, कोरोनाको कारण रोजगार गुमाएका तथा आर्थिक श्रोत नभएका विपन्न तथा कमजोर वर्गलाई राहत वितरण अभियान ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ मार्फत निरन्तर भैरहेको छ ।

पछिल्लो दुई दिनमा विदुर नगरपालिका भित्रका २७५ परिवारलाई राहत वितरण कार्यक्रम सफल बनाउन वडा नं २ मा वडाध्यक्ष बिरेन्द्रकुमार शाही, वडा नं. ३ मा वडाध्यक्ष बद्रीप्रसाद रिमाल, वडा नं . ८ मा वडासदस्य तोयानाथ गौतम र वडा नं.१३ मा वडाध्यक्ष दलबहादुर तामाङ सहितको उपस्थित र सहयोग रहेको थियो । राहत वितरणको लागी स्वंयसेवकको रुपमा ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’मा आबद्ध युवाहरु परिचालन भएका थिए । जसमा नेपाल विद्यार्थी संघका नुवाकोटका सचिव शंकर पाण्डे, सरोज लामा, परिवेश बडाल, उत्सव श्रेष्ठ, सरोजजंग थापा लगायतले राहत वितरणको क्रममा कोरोना रोगबाट बच्नको लागी भौतिक दुरी कायम गर्ने, वडाका जनप्रतिनिधिले उपलब्ध गराएको नामावली अनुसार सम्बन्धित लाभग्राहीलाई सामाग्रि वितरण गर्ने लगायत आवश्यक सहयोग पुराएका थिए ।

यसैबीच, दाता मार्फत सहयोग प्राप्त भएको अक्सोमिटर र मास्क जिल्ला एम्वुलेन्स चालक संघ नुवाकोटमा आबद्ध २२ भन्दा बढी एम्बुलेन्सका चालकलाई वितरण गरिएको छ । एम्बुलेन्समा बिरामी आउजाउ गराउदाँ उनीहरुको स्वास्थ्य जाँच गर्न सजिलोहोस भनेर अक्सोमिटर र एम्बुलेन्स चालकलाई सरुवा लगायतका रोगको सक्रमणबाट बचाउनको लागी मास्क उपलब्ध गराइएको लोककुमारी भुजेल स्मृति सँस्थाका सञ्चालक तथा जिल्ला एम्वुलेन्स चालक संघका सचिव दीपक भुजेलले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार अझै केही थान अक्सोमिटर बाँकी भएकाले ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेल र जिल्ला एम्वुलेन्स चालक संघका सल्लाहकार श्रीकृष्ण आचार्यसंगको समन्वयनमा आवश्यक पर्ने सँस्था, समूह एंव परिवारलाई उपलब्ध गराउने योजना बनाइएको छ ।

राहत सामाग्री वितरणको क्रममा सम्बन्धित लाभग्राहीको अनुमतिमा लिइएको केही तस्वीरहरु :

26.8¡ÆC