रसुवा । कोरोना माहामारीको कहरकाबीच जारी लकडाउनको कारण आर्थिक अवस्था कमजोर भएका दलित तथा सिमान्तकृत समुदायमा अहिले खाद्यन्नलगायतको समस्या देखिएको छ । दैनिक ज्यालामजदूरी गरी जीविका चलाउनुपर्ने मानिसहरुले लकडाउनको कारण काम पाउन सकेका छैनन् । यस्तो समस्या भोगिरहेका रसुवा जिल्लाका कालिका गाउँपालिका वडा नं. ३ र उत्तरगया गाउँपालिका वडा नं. ५ इटपारेका ५० घरधुरी दलित परिवारलाई अष्ट्रेलियाको नागरिकहरुबाट सङ्कलन गरी पठाएको आर्थिक सहयोगबाट स्थानीय मानव अधिकार तथा सामुदायिक विकास केन्द्र संस्थमार्फत् खाद्यन्न सहयोग उपलब्ध गराइएको छ ।

रसुवा जिल्ला कालिका गाउँपालिका ३ इटपारे निवासी सामाजिक अभियान्ता विश्वास नेपालीको समन्वयमा यसरी अष्टे«लियबाट प्राप्त सहयोगमा कालिका गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी खाद्यन्न सामग्री उपलब्ध गराइएको हो ।

अष्टे«लिया स्थित अजी एक्सन अर्वाेड (Aussie Action Abroad) संस्थाका ग्रेमी कान्ट (Graeme Kent) र INSEPT-Nepalका सहयोगी हेनरिट्टा केमिलरी (Henrietta Camilleri) मार्फत १ हजार अष्टे«लियन डलक सङ्कलन गरी पठाएको थियो । उक्त रकम दलित समुदायका आर्थिक अवस्था कमजोर भएका दलित समुदायलाई एक बोरा चामल र १ लिटर प्रतिघुरीका दरले वितरण गरिएको सामाजिक अभियान्ता विश्वास नेपालीले जानकारी दिनुभयो ।

अधिकाशं दलित समुदाय बसोबास रहेका इटपारेबासीको दैनिक ज्यालामजदूरीमा निर्भर हुनुपर्ने र अहिले कोरोनाको कारणले गर्दा घर बाहिर गई ज्यालामजदुरी गर्ने वातावरण पनि नभएको र त्यस्तो काम गर्ने अवसर पनि सिजर्ना हुन सक्ने अवस्था नभएको हुँदा यी समुदायमा खाद्यन्न लगायतको सामग्रीको अभाव परेको थियो । कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने र वडा नं. ३ का अध्यक्ष पुष्पराज न्यौपानको उपस्थितीमा ५० घरधुरीलाई राहत वितरण गरिएको थियो ।

आपत विपतको बेलामा खाद्यन्न सामग्री उपलब्ध गराउने व्यक्ति तथा सहयोगीहरुलाई धेरै धन्यवाद् भन्नु चाहन्छु, कालिका गाउँपालिका वडा नं. ३ का मुरली नेपालीले भन्नुभयो । उहाँले उहाँले भन्नुभयो, यस्तो समस्या परेको बेलामा यति भने पनि सहयोग पाउने हाम्रो लागि ठूलै हो भन्ने ठानेका छौं ।

उत्तरगया गाउँपालिका वडा नं. ५ का मुना नेपालीले भनिन्, घरमा अपाङ्ग देवर छन्, जहान धेरै छौं, यस्तो बेला खाद्यन्नको सहयोगले धेरै मद्दत मिलेको छ, सहयोगीहरुलाई धेरै धन्यवाद् भन्न चाहन्छु ।

लामो समयदेखि एकल र अपाङ्गता अवस्थामा रहँदै आएका मुरली नेपाली राहत (खाद्यन्न) सामग्री सहयोग पाउँदै निकै खुसी भएको बताउँछन्, उनी भन्छन्, मलाई थप २ महिनालाई पुग्ने खाद्यन्न सहयोग भयो । म केही काम गर्न सक्दिन, हातगोडा चल्दैन, यस्तो दुःखको बेला सहयोग पाउनु ठूलो गुन हो ।

26.5¡ÆC