काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित इटालिटार र पासीकोट जोड्ने लुडे खोलाको निर्माणधिन पक्की पुल बैशाख १ गते देखी सम्पूर्ण निर्माण कार्य ठप्प छ। वैकल्पिक मार्ग पनि केहीदिन अघिको बर्षा र गएरातिको बर्षाको कारण भत्किएको अवस्थामा छ, एम्बुलेन्स पनि आवाज जावत गर्न सक्ने स्थितिमा छैन। स्थानीयबासीले ठूलो सास्ती भोग्नुपरेको छ ।

निर्माण कार्य किन रोकिएको भनेर ठेकेदार कम्पनीसग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको र वडा नम्बर ६ का वडा अध्यक्षलाई सम्पर्क गर्दा अब काम सुरु गर्छ भन्ने जवाफ आएको तर काम सुरु को कुनै सुरसार नभएको स्थानीयबासी बताउछन। स्थानीय उपभोक्त समितीलाई यस बिषयमा कुनै जानकारी नभएको बताउछन समितिका पदाधिकारीहरु । पुल निर्माणकार्य रोकिदा र बर्षाको कारण स्थानिय बासिन्दाको घरनै धरापमा परेको छ। केही दिन अघिको बर्षाले स्थानीयको कम्पाउण्डसम्मको भाग खोलाले बगाएको र कम्पाउण्ड चर्किएको छ।

अझै ठुलो बर्षा हुने हो भने घर नै खतरामा पर्न सक्ने कुर स्वयं ठेकेदार कम्पनीले केही समयअघि मात्र बताएका थिए र चाडो भन्दा चाडो हामी स्थानीयको घर तर्फ काम सक्छौ भनेकोमा बैशाख १ गते देखी सम्पूर्ण काम ठप्प पारेर ठेकेदार गायब छ। पुल निर्माणको लागि खनिएको खाल्डोको कारण पुल निर्माण स्थल वरपरका सम्पूर्ण घरहरुका इनार सुक्दै गएको बताउछन स्थानिय बसिन्दा। राजाधानीको त यो दुर्दशा छ भने दुर्गममा यस्ता निर्माणकार्य समयमा कार्य सम्पन्न गर्छ भन्ने कुरामा नेपाली जनताले कसरी विश्वाश गर्ने?

26.88¡ÆC