काहुले । नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेका स्वास्थ्य सँस्थाको लागी जनता समाजवादी पार्टी (जसपा)का नेता समाजसेवा डाक्टर भीमलाल तामाङ मार्फत अत्यावश्यक स्वास्थ्य सहायता सामाग्रि प्राप्त भएको छ ।

‘नेपालका असल मित्रहरु’ र ‘साल्भेशन मिसन’ नामक संस्था मार्फत डाक्टर भीमलाल तामाङले मंगलबार विभिन्न सात प्रकारका स्वास्थ्य साहायता सामाग्रि प्राप्त भएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार कोरोना रोग विरुद्धको अभियानमा किस्पाङ गाउँपालिकालाई सहयोग पुराउदै ‘नेपालका असल मित्रहरु’ र ‘साल्भेशन मिसन’का प्रतिनिधि डाक्टर भीमलाल तामाङले एकद्धार प्रणाली अन्तरगत स्वास्थ्य सहायता सहायता सामाग्रि गाउँपालिकाको कार्यालयलाई उपलब्ध गराउनुभएको हो । सामाजिक सँस्था मार्फत प्राप्त भएको सामाग्रि किस्पाङ गाउँपालिकाको कोभिड अस्पताल, स्वास्थ्य सँस्थामा कार्यरत स्वास्थ्यकर्मी र सेवा लिन पुग्ने बिरामीको लागी उपयोग गरिने भएको छ ।

सहयोग प्राप्त भएको सामाग्रिहरुमा फेस मास्क १० हजार थान, पिर्पिइ सेट २५ थान, इन्फ्रारेड थर्मोमिटर ५ थान, पल्स अक्सिमिटर २० थान, ठूलो अक्सिजन सिलिण्डर दुई थान, स्यानीटाइजर ५० लिटर र एण्टिजेन किट २५ थान रहेका छन् ।

‘नेपालका असल मित्रहरु’ र ‘साल्भेशन मिसन’ नामक सँस्था मार्फत यसअघि पनि किस्पाङ गाउँपालिकामा स्वरोजगार प्रबद्धन, जिविकोपार्जन तथा गरीब उन्मुलन र असहाय तथा जेहेन्दार बिद्यार्थीको लागी सहयोगको कार्यक्रम सञ्चालन गरिएको थियो ।

17.98¡ÆC