संगम साकोसद्धारा ICU Bed Electric / Patient Monitor त्रिशूली अस्पताललाई हस्तान्तरण

जेष्ठ १६, २०७८ मा प्रकाशित | 647 views

त्रिशूली । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बट्टारले  सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशुली अस्पताललाई आईसीयू बेड इलेक्ट्रिक र बिरामी मोनिटर (ICU Bed Electric / Patient Monitor) उपलब्ध गराएको छ ।

नुवाकोट जिल्लामा समेत कोरोनाभाईरस (कोभिड –१९) को संक्रमणले वुवाआमा दाजुभाइ दिदीबहिनी हरु उपचाररत रहेको छ  र कतिको स्वर्गारोहण भएको अवस्था छ । यस्तो विषम परिस्थितिमा समाज भित्र संचालित सगम सहकारीले सामाजिक उतर दायित्ववोध गरि नुवाकोट ,रसुवा र धादिङको जनताले वढि सेवा लिईरहेको वागमति प्रदेश अन्तर्गतको त्रिशूली अस्पतालमा संस्था आफैले १-१ थान आईसीयू बेड इलेक्ट्रिक र बिरामी मोनिटर  तथा अर्को नेपान ओकायामा जापानका संयोजकः नवराज वस्नेत (वि न पा ९ ,हाल जापान) को अग्रसरतामा आँशिक आर्थिक सहयोग प्राप्त गरि संगम सहकारीको समेत आर्थिक सहयोगमा पुनःअर्को १-१ थान आईसीयू बेड इलेक्ट्रिक र बिरामी मोनिटर  समेत गरि संगम सहकारीले २-२ थान उक्त उपकरण मिति २०७८ जेष्ठ १६ गते आईतवार विहान थोरै संख्यामा संस्थाका पदाधिकारीहरु र सल्लाहकारहरुको उपस्थितीमा भौतिक दूरी र स्वास्थ्य सुरक्षा अपनाउदै संस्थाका अध्यक्ष नारायण श्रेष्ठ र विदुर नगरपालिमा वडा नं ९ का वडा अध्यक्ष शनि चित्रकारले कार्यक्रमका विच अस्पतालका व्यावस्थापक  रिकेश रानालाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएको २ वटा आईसीयू बेड इलेक्ट्रिक र बिरामी मोनिटर  मूल्य करिव रु. ६ लाख रहेको संस्थाका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हस्पिटल म्यानेजर रानाले अस्पतालमा अहिलेको महामारीमा सुविधा प्रदान गर्न सहयोगी हुने भएकोले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै हाल ६ आईसियु, एचडियु ४ बेड र भेन्टीलेटर ६  थान  रहेकोमा अब आईसियु बेड सङ्ख्या आठ पुगेको जानकारी दिनुभयो ।

सहकारीले यसअघि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर र पानी शुद्धिकरण गर्ने उपकरण केन्ट आरओ वाटर प्यूरीफायरहरू  उपलब्ध गराएको थियो । गतवर्ष विदुर नगरपालिकाको कोरोना राहतकोषमा ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको थियो ।

यसका अलावा अहिले जिल्ला सहकारी संघ र नुवाकोट वचत तथा ऋण सहकारी संघ ,नुवाकोटको राहतकोष खातामा समेत सहयोग गरेको छ । सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आईरहेको सहरकाी संस्थाका व्यवस्थापक अजयकुमार थापाले जानकारी दिनुभयो ।

बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नै भवन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web