हेलम्बु गाउँपालिकाले खोप खरिदको लागी संघीय सरकारसंग माग्यो अनुमति

जेष्ठ १४, २०७८ मा प्रकाशित | 757 views

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदको लागि अनुमित दिन संघीय सरकारसँग माग गरेको छ । पालिकाले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो ।

कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै हेलम्बुवासीको जीवन रक्षा गर्न पालिकाकै स्रोत साधनले खोप किन्न अनुमित मागेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

अध्यक्ष शेर्पाका अनुसार करिब २० हजार जनसंख्या रहेको हेलम्बुमा केहि बैदेशिक रोजगारिमा रहेको र केहिले खोप लगाइसकेको अवस्थामा सबै गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ । उक्त खोप दुईमात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने छ ।

संघिय सरकारले खोपको व्यवस्था गर्न नसक्ने यदि हो भने स्थानिय तहलाई तुरुन्त अनुमती  दिएर प्रकृया अघि बढाउनुपर्नेमा अध्यक्ष शेर्पाले जोड दिए ।

‘संघीय सरकारले विविध कारणले खोप आपूर्ति गर्न सकिरहेको छैन,’ उनले भने, ‘सरकारले नसक्ने हो भने अनुमति दिएको खण्डमा स्थानीय सरकारले खोप किनेर आफ्ना गाउँवासीलाई उपलब्ध गराउँछ ।’ गाउँपालिकाले कोरोना महामारीबाट गाउँवासीलाई जोगाउन खोप नै एक मात्र उत्तम बिकल्प भएको ठहरसमेत गरेको छ ।

गाँउपालिकाले बिहीबार खोप खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । ‘सम्भव भएसम्म संघीय सरकारबाटै यस गाउँपालिकाको लागी जनसंख्याको आधारमा ३० हजार डोज खोप उपलब्ध गराई पाऊँ । सम्भव नभए खोप खरिदको लागि अनुमति पाउन अनुरोध गरिन्छ,’ पालिकाले मन्त्रालयलाई लेखेको पत्रमा भनिएकएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web