नुवाकोट काँग्रेसको समन्वयमा त्रिशूली अस्पताल र शिक्षण अस्पतालका बिरामीलाई निःशुल्क खानाको व्यवस्था

जेष्ठ २, २०७८ मा प्रकाशित | 783 views

काठमाडौ । काठमाडौंस्थित शिक्षण अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा रहेका कोरोना संक्रमित र उनीहरूका परिवारका सदस्य तथा आफन्तलाई निस्शुल्क खानाको व्यवस्थापन गरिएको छ। नुवाकोट कांग्रेस जिल्ला कार्यसमितिको समन्वयमा यशोदादेवी–भगवान सिंह केसी मेमोरियल ट्रष्ट ॐ आदी फाउन्डेसनको तर्फबाट आइतबारदेखि निःशुल्क खाना खुवाउन थालिएको हो ।

दुवै अस्पतालमा कोरोनाका बिरामीको उपचार, परीक्षण तथा उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीको लागी समेत खानाको व्यवस्थापन मिलाइएको नुवाकोट कांग्रेसका सभापति  तथा यशोदादेवी–भगवान सिंह केसी मेमोरियल ट्रष्टका महासचिव जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार खानाको व्यवस्थापन नियमित रूपमा अस्पतालबाटै गर्न भनिएको छ । अस्पतालभित्रै रहेको क्यान्टिनमा पौष्टिक खानाको व्यवस्थापन मिलाइएको र त्यसवापत सँस्थाले साप्ताहिक रूपमा खर्च उपलब्ध गराइने समझदारी भएको छ ।

यस्तै, नेपाी कांग्रेस नुवाकोटले विदुरमा रहेको आफ्नो पार्टी कार्यालय भवन आइसोलेसन वार्ड बनाउन दिने निर्णय यसअघि नै गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web