नुवाकोटमा कोरोना सक्रमित भएर होम आइसोलेशनमा बसेको महिलाको ज्यान गयो

बैशाख २९, २०७८ मा प्रकाशित | 679 views

त्रिशूली । नुवाकोटमा कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

लिखु गाउँपालिकाको वडा नं२ स्थित ६६ वर्षको एक महिलाको २८ गते मंगलबार बिहान मृत्यु भएसगैँ नुवाकोट जिल्ला भित्रै कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालको अनुसार कोरोना रोगबाट सक्रमित भएका ती महिला घरको एकान्तबाँसमा रहेको समयमा आज मृत्यु भएको हो ।

ती महिला गएको बैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा गएको र सोही समयमा गरिएको पिसिआर परीक्षणको १८ गते आएको नतिजमा कोरोना रोग भएको देखिएको थियो । खुट्टामा क्यान्सर भएर उपचारको लागी अस्पताल गएको ती महिलामा कोरोना रोगको कारण देखाएर उपचार नगरी फिर्ता गरेर घरकै एकान्तबासमा बस्न पठाइएकाले उक्त खुट्टाको क्यान्सरको असर बृद्धि हुदै गएर मृत्यु भएकार र सगसगैँ कोरोनाको प्रभावपनि देखिएको परिवारका सदस्यले बताएका छन् ।

ती महिलाको शवलाई स्थानीयबासीले नै अन्तिम दाहसँस्कार गरेका छन् । यसअघि कोरोना सक्रमित भएर ज्यान गुमाउनेलाई नेपाली सेनाबाट सम्मान सहित स्वास्थ्य साबधानी अपनाएर अन्तिम दाहसस्कार गरिदै आएकोमा अब भने सेनासमेत पछि हटेर स्थानीयबासीलाई नै जिम्मेवारी  दिन थालेका छन् । नुवाकोट जिल्लाभित्रै कोरोनाको कारण तीन जनाको ज्यान गएको भएपनि नुवाकोट घर भएर उपचारको लागी काठमाडौ गएको तथा नुवाकोट बाहिर विभिन्न स्थानमा बसेका व्यक्तिहरुलाई कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या एक दर्जन भन्दा बढी पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web