स्वास्थ्यमा केही समस्या भएमा सिधै त्रिशूली अस्पतालका डाक्टरसंग फोनमा कुरा गर्न पाइने

बैशाख २९, २०७८ मा प्रकाशित | 845 views

<p><b>नुवाकोट । कोरोना रोगसंग मिल्दोजुल्दो लक्षण देखिएको भएमा तथा स्वास्थ्यमा केही समस्या भएमा त्रिशूली अस्पतालको डाक्टरसंग कुरा गर्न पाइने भएको छ । कोरोना रोगसंग समस्या भएमा तथा रोग लागेर&nbsp;<br></b></p><p><b>घरको एकान्तबाँसमा रहेको समयमा केही समस्या उत्पन्न भएमा कुरा गर्न हटलाइन सेवा सञ्चालनमा ल्याएको हो । चौविसै घण्टा चिकित्सकसंग् फोन मार्फत स्वास्थ्य परामर्श दिने गरेर मंगलबारदेखि हटलाइन सेवा सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकुत देवराज पोखरेलले जानकारी दिनुभएको छ ।</b></p><p><b> फोनबाट स्वास्थ्य परामर्श लिनको लागी सिधै चिकित्सकसंग कुरा गर्न पाइने फोन नं. ९७४२–५५–६५–१८ रहेको अस्पतालले सूचना मार्फत जानकारी दिएको छ । हटलाइन सेवामा फोन मार्फत स्वास्थ्य समस्या भएमा परामर्श तथा राय–सुझाबको लागी चौविसै घण्टा सेवा दिने गरेर डा.सुजन तिमिल्सिना र डा.निरज बोगटीसंग कुरा गर्न पाइने भएको छ ।&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web