व्यावशायी बजगाईले गरे अस्पताललाई २१ सिलिण्डर अक्सिजन सहयोग

बैशाख २६, २०७८ मा प्रकाशित | 707 views

टिकापुर । टीकापुर अस्पताललाई एक व्यावशायीले आज अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । टीकापुरस्थित जैमनी अटोमोटिभ्स कम्पनी प्रालिका महाप्रबन्धक कृष्णप्रसाद उपाध्याय बजगाईले अस्पताललाई २१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रेमकुमार राईले जानकारी दिनुभयो ।

अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचारमा बाधा पुग्नेदेखि ज्यान गुमाईरहेको अवस्थामा व्यावशायी बजगाईले अस्पताललाई गरेको सहयोग निकै उपयोगी र प्रभावकारी मानिएको छ । अस्पतालमा उपचाररत बिरामीको दयनीय अवस्था देखेको र अक्सिजनको अभावमा अस्पतालको सेवा प्रभावित हुन लागेसगैँ सहयोग पुराएको महाप्रबन्धक कृष्णप्रसाद उपाध्याय बजगाईले बताउनुभयो ।  टीकापुर अस्पतालमा उपचाररत विरामीहरुलाई अक्सिजनको अभाव भएको भनेर गुनासो गर्नुभएसगैँ सहयोग पुराएको उहाँको भनाई छ ।

प्राप्त भएको सहयोग केही दिनको लागी मात्रै भएकाले थप सहयोगको समेत अपिल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा रेमकुमार राईले जानकारी दिनुभएको छ । पछिल्लो समय कोरोना रोगको सक्रमणमा भैरहेको बृद्धिले बिरामीको सङ्ख्या अस्पतालमा बढिरहेको छ । आज मात्रै अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको थियो ।

यसैबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन डा रेमकुमार राईले अक्सिजन लगायतका अस्पतालको लागी अति आवश्यक स्वास्थ्य सहायता सामाग्रि सहयोगका लागि अन्य दाता समक्ष पनि आग्रह गर्नुभएको छ । अहिलेको कोरोना रोगको जोखिम र चुनौतीपूर्ण अवस्थामा पनि अस्पतालले गर्दै आएको बिरामीको उपचार सेवा निकै प्रभावकारी बनाउन चिकित्सकको निरन्तरको खटाई कायम रहेको छ । सोही कारण टिकापुर अस्पतालको सेवा प्रवाह अहिले निकै सुधारात्मक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web