काहुले, २२ बैशाख । नेपाल रेडक्रस सोसाइटी काहुले उपशाखाले कोरोना रोग नियन्त्रणको लागी किस्पाङ गाउँपालिकालाई दक्ष जनशक्तिदेखि आइशालेसन कक्ष स्थापना गर्न कार्यालय भवन उपलब्ध गराउने भएको छ ।

रेडक्रस काहुले उपशाखा कार्यसमितिको हिजो बसेको बैठकले किस्पाङ गाउँपालिका पनि कोरोना रोगको सक्रमणबाट उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै रोग नियन्त्रणको लागी जनशक्तिदेखि भौतिक संरचना आवश्यक परेमा गाउँपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो ।

कोरोना रोगको सक्रमणको दर बृद्धि भैरहेको समयमा सक्रमितको खोज तथा उद्धार एंव उपचारको लागी पालिकाले माग गरेमा रेडक्रसको उपशाखासंग भएका तालिमप्राप्त दक्ष जनशक्तिलाई स्वंयम सेवक उपलब्ध गराउने र उपशाखाको कार्यालय रहेको दुईकोठे भवनमा आइशोलेसन कक्ष चलाउन आवश्यक ठानेमा उक्त भवन र २० थान कम्बल समेत उपलब्ध गराउने निर्णय गरेको रेडक्रस काहुले उपशाखाका सभापति क्षेत्रबहादुर तामाङले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार रेडक्रस काहुले उपशाखाले पालिकामा रोगको सक्रमणको दर बृद्धि हुनुमा आम नागरिकमा सचेतना जागाउन आवश्यक देखिएकाले रेडक्रसले किस्पाङ गाउँपालिका भित्रका सबै पाचवटै पालिकामा कोरोना रोगबाट बच्ने तरिका, देखिने लक्षण, रोग लाग्दा अपनाउनुपर्ने सतकर्ता, बाहिरबाट आएका व्यक्तिहरुलाई सुरक्षित बाँसस्थानमा बस्नको लागी अनुरोध सहित उनीहरुको मनोबमा बढाउने, सक्रमित भएकाहरुको स्वास्थ्य निगरानी तथा उपचारको लागी सहजिकरण लगायत नेपाल सरकारले लगाएको निषेधाज्ञाको कार्यान्वयनको लागी चेतना जगाउने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यस्तै, कोरोना रोगको सक्रमणको दरसगैँ गर्मी मौसममा फैलनसक्ने अन्य सरुवा रोग तथा वर्षातको समय समेत आउन लागेकाले त्रिपाल सहित आवश्यक अन्य सहयोगका सामाग्रिहरु अभाव भएकाले जिल्ला शाखासंग माग गर्ने निर्णय गरिएको रेडक्रस काहुले उपाशाखाका सदस्य रबिन्द्रनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

हेर्नुहोस निर्णयहरु :

27.64¡ÆC