गीतकार भरत सिग्देलको राष्ट्रीय गीत 'मुटुभित्र सीमा दुख्छ'को म्युजिक भिडियो सार्वजनिक भएको छ । एम पि टू एन क्रियशनमार्फत् बुधबार सार्वजनिक गीतमा देशप्रेमको भाव झल्काइएको छ ।

आफ्नो मुलुकको सीमा मुटुभित्र रहेको, सीमामा समस्या हुँदा देश दुख्ने र आफ्नै देशको भाषाभेष नै सबैभन्दा प्यारो रहेको भाव गीतमा पाइन्छ । विकास चौधरीको संगीतमा विकास लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियो काठमाडौ र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।

नारद आचार्य सुदामा र केशव वैरागी माइलोको निर्माण रहेको भिडियोमा लय सङ्ग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भिमलाल तामाङ, शान्ती सिग्देल, अस्मिता सिग्देल, सुवास मेचे लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन उषा मलह सिम्रनले गरेका हुन् भने छायाँकन खेम थापा मगरले गरेका छन् । गीतमा सिग्देलले आफ्नो मुलुकभन्दा बहुमुल्य अन्य चीज नरहेको भाव दर्शाएका छन् । तराई, पहाड, हिमाल सबै भु-भागको आ-आफ्नै विरताको गाथा रहेको सन्देश गीतमा दिइएको छ ।

16.49¡ÆC