प्रहरीको कुटपिट र धरपकडबाट पीडित हुनुभएका पत्रकार केदार दाहाल ।

काठमाडौं । भारतीय दुतावास परिसरमा समाचार संकलनकाे क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुरव्यवहार गरेकाे छ ।

भारतबाट साउदी अरवमा हुने उडान राेकिएपछि भारतीयहरु नेपालकाे बाटाे साउदी अरव जान थालेका छन् । जसका लागि भारतीय नागरिकले दुतावास मार्फत नाे अव्जेक्सन लेटर लिनु पर्ने व्यवस्था काठमाडौं विमानस्थले गरेकाे छ ।

साेहि लेटर लिने क्रममा दुतावास अगाडि सयाै भारतीयकाे भिड जम्मा भएकाे थियाे । साे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेकाे हो । साेही समाचार संकलनकाे क्रममा नयाँ पत्रिकाकर्मी तथा नेपाल प्रेस युनियनमा आबद्ध पत्रकार केदार दाहाललाई डिएसपी दिपक खड्काकाे कमान्डमा रहेकाे प्रहरी जवानहरुले भिडियाे र फाेटाे खिचेकाे भन्दै धम्काउनुकाे साथै लछार पछार पारेकाे हो ।

पत्रकार दाहालले आफू पत्रकार भएकाे भन्दै कार्ड देखाउदा समेत प्रहरी जवानहरुले नक्कली पत्रकार भन्दै पाखुर र घाटीमा समाएर लछारपछार पारेका छन् ।

27.64¡ÆC