त्रिशूली । हिउदयाम सुरु भएसगैँ नुवाकोटका जंगल क्षेत्रमा आगलागीको घटनामा बृद्धि भएको छ । नुवाकोटमा रहेका १२ वटै स्थानीयतह भित्रका वनक्षेत्रमा आगलागीको घटना भएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार नुवाकोटमा रहेका जंगल क्षेत्रमा अघिल्लो वर्ष निरन्तरको वर्षातको कारण आगलागीको घटनामा केही कमी आएपनि यो वर्ष लामो समयदेखि वर्षा नभएको कारण यो वर्ष आगलागीको घटनामा बृद्धि भएको पाइएको छ ।

नुवाकोटमा अहिले सामुदायिक वन ३७७ वटा रहेका छन भने निजी वन १५ र धार्मिक वन ३ वटा रहेका छन् । हिउदयाम तथा सुख्खा समय भएको आगालागीको जोखिम यो वर्ष झनै बृद्धि हुदै गएकाले आगो लाग्न नदिन सचेत हुनुपर्ने र लागेको जानकारी पाएलगत्तै नियन्त्रणमा लिनतर्फ लाग्नको लागी डिभिजन वन कार्यालय नुवाकोटले अपिल गरेको छ ।

जंगल क्षेत्रमा लाग्ने आगलागीको घटनामा प्राकृतिक कारण न्युन र मानवीय लापरबाही तथा त्रुटीको कारण बढी भएकाले आगलागीको घटनामा नियन्त्रणको लागी मानिस आफै सचेत हुनुपर्ने डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रेम सापकोटाको सुझाब रहेको छ ।

कही कतै आगलागी भएको देखिहालेमा त्यसलाई अग्नी रेखा मार्फत निभाउन तथा वन कार्यालय, सुरक्षाकर्मी लगायतका निकायमा खबर गर्नको लागी अपिल गर्दै धुम्रपान पश्चात आगोको ठुटोलाई जथाभावी नफाल्न, राम्रो घास पलाउने लगायतका स्वार्थ राखेर जंगल क्षेत्रमा आगलागी हुन नदिनको लागी सबैले जिम्मेवारी पूरा गर्नतर्फ लाग्न डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रेम सापकोटा आग्रह गर्नुभएको छ ।

विदुर–२ स्थित बनदेवी जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरिदै ।

27.4¡ÆC