नुवाकोटका १५ हजार ९५३ जनाले कोरोना विरुद्धको खोप लगाए

फाल्गुन २९, २०७७ मा प्रकाशित | 1571 views

विदुर । नुवाकोटमा कोरोना रोग विरुद्धको खोप लगाउनेको सङ्ख्या दोश्रो चरणमा १२ हजार भन्दाबढी पुगेको छ । जारी रहेको दोश्रो चरणको खोप कार्यक्रम अन्तरगत नुवाकोट जिल्लामा गत २३ गतेदेखि अहिलेसम्म १२ हजार ५६७ जनाले खोप लगाइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

पहिलो चरणको दुई अभियानमा ३ हजार ३८६ जनाले खोप लगाएकोमा दोश्रो चरणको जारी रहेको अभियानको अहिलेसम्मको तथ्याङ अनुसार खोप लगाउनेको सङ्ख्या १५ हजार ९५३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

दोश्रो चरणको खोप अभियान अन्तरगत २३ गतेदेखि सुरु भएको पाच वटा पालिकाहरु दुप्चेश्वर, सूर्यगढी, तादी, ककनी र लिखुमा २७ गते नै सम्पन्न भैसकेको छ । बाँकी रहेका अन्य सातवटा पालिकामा भने २६ गतेदेखि सुरु भएको खोप कार्यक्रम आगामी चैत १ गतेसम्म सञ्चालन गर्न लागिएको छ ।

जारी रहेको दोश्रो चरणको कोरानो रोग विरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथीका उमेर समूहका व्यक्तिलाई समावेश गरेर खोप लगाउन लागिएको छ । यस्तै, पहिलो चरण अन्तरगत नाम सूचिकृत गरिएको स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयसेविका, जनप्रतिनिधि, कर्मचारी लगायतलाई समेत अहिलेको अभियानमा खोप लगाइने स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभएको छ ।

कोरोना रोग विरुद्धको खोप लगाएपछि चौविस घण्टासम्म स्वास्थ्यमा सामान्य असर देखिने भएपनि यसलाई अन्यथा नलिनको लागी आग्रह गरिएको छ ।

नेपाल सरकारले केही अनुदान तथा सहयोगमा र केही खरिद गरेर ल्याएको खोप निःशुल्क रुपमा लगाइरहेकाले तोकिएको लक्षित समूहलाई सेवाको लाभ लिएर कोरोनाको सक्रमणको जोखिमबाट सुरक्षित रहनको लागी स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

कोरोना खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त एंव सुरक्षित समेत भएकाले निर्धक्क भएर लगाउनको लागी अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web