विदुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने जनाएको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउनुभएको हो । आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने जिकिर गरिएको छ । डलरको मूल्य, अन्तराष्ट्रिय बजारमा आयलमा बढ्ने शुल्क र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्य घटबढ गराउने निगमले जनाएको छ । सार्वजनिक रुपमा गरिएका टिप्पणी जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने दाबी निगमले गरेको छ ।

आयल निगमको खर्च धान्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको भन्दै अन्तराष्ट्रिय बजार अनुसार नै मूल्य घटबढ हुने भएकाले यसलाई अनावश्यक टिप्पणी नगर्नको लागी निगमले आग्रह गरेको छ ।

26.41¡ÆC