मोटरसाइकले ठक्कर दिदाँ रातमाटेमा पैदलयात्रीको मृत्यु

फाल्गुन २८, २०७७ मा प्रकाशित | 1179 views

महादेवफाँट । बेलकोटगढी नगरपालिका वडा न. ७ रातमाटे स्थित ‘गल्छी–देवीघाट’ सडक खण्डको गैरीगाँउमा बिहीबार राती मोटरसाइकलले ठक्कर दिदाँ स्थानीय एक जनाको मृत्यु भएको छ ।

पैदल हिडिरहेका अन्दाजी ४५ वर्षका वीरमान श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिदाँ उनको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनलाई ठक्कर दिने मोटरसाइकल चालक विदुर नगरपालिका वडा नं. ३ मैरीटारका ३१ वर्षका यमबहादुर राईलाई नुवाकोट प्रहरीले घटना लागत्तै नियन्त्रणमा लिएको जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल बागमति प्रदेश ०२–०१९ प. ६०७९ रहेकाले त्यसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रातको करीब ८ बजेतिर तिव्र गतिमा रहेको कारण मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिए भएको दुर्घटनामा मोटरसाइकल चालकको लापरबाही भएको भन्दै राती अबेरसम्म स्थानीयबासी सडक अबरोध गर्दै शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीको उपस्थितीमा पीडित र पीडक पक्षबीच भएको सहमति अनुसार आज शुक्रबार बिहान ४ बजेतिर शव उठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web