ड्वाचे आयोजना सञ्चालनको लागी नयाँ कार्यसमिति बनाइयो

फाल्गुन २६, २०७७ मा प्रकाशित | 1053 views

विदुर । नुवाकोटको बहुचर्चित खानेपानी आयोजना ड्वाचे आयोजनाको कार्यसमिति पुनःगठन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा मंगलबार भएको सरोकारवालाहरुको छलफलले आयेजना सञ्चालनको लागी उपभोक्ता समितिको पुनगठन गर्दै अध्यक्षमा विदुर नगरपालिका वडा नं.११ का बाबुराम तामाङलाई चयन गरिएको छ ।

यस्तै, समितको उपाध्यक्षमा सूर्यगढी गाउँपालिका वडा नं .३ का कृष्णमान तामाङ, सचिवमा सूर्यगढी गाउँपालिका वडा नं २ का शंकर अधिकारी,कोषाध्यक्षमा सूर्यगढी गाउँपालिका वडा नं ४ का अञ्जु गिरी चयन हुनुभएको छ ।

सर्वसम्मत रुपमा पुर्नगठन गरिएको समितिको १५ जना सदस्यहरुमा भैरवबहादुर तामाङ, आनन्दलाल श्रेष्ठ, नरबहादुर थापामगर, सुन्तली प्याकुरेल, लक्ष्मी तामाङ, इश्वरबहादुर तामाङ रहनुभएको छ । यस्तै, जीतबहादुर घले, तिलकबहादुर तामाङ, बुद्धबहादुर तामाङ, श्यामराजा पाण्डे, रामचन्द्र तामाङ र कृष्णमान घले रहनुभएको छ ।

रसुवामा मुहान भएर नुवाकोटको सूर्यगढी गाउँपालिका सहित विदुर नगरपालिका र लिखु गाउँपालिकाको केही वस्तीमा समेत खानेपानी सुविधा उपलब्ध गराउन बहुचर्चित आयोजना ड्वाचे खानेपानी योजनाको सञ्चालनमा ल्याउन एक दशक अघिदेखि काम थालिएको हो । यस समितिको अध्यक्षमा हाल सूर्यगढी गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले रहनुभएको थियो ।

नयाँ समिति पुर्नगठन गर्न आयोजित जिसस प्रमुख सन्तमान तामाङ, सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठ, तादी गाउँँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डे, विदुरका नगरप्रमुख सञ्जु पण्डित सहित सरोकारवालाहरुको उपस्थितीमा ड्वाचे खानेपानी आयोजनाको नयाँ कार्यसमितिको पुर्नगठन गरिएको हो । समितिले अब निर्माणको चरणमा रहेको आयोजनलाई समयअवधि तोकेर पूरा गर्न तर्फ लाग्न सरोकारावालाहरुले जिम्मेवारी सुम्पिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web