नुवाकोटमा एमालेको कार्यालय स्थापना, सूर्य झण्डा फहरायो

फाल्गुन २५, २०७७ मा प्रकाशित | 2281 views

विदुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पूर्ववत अबसथमा नै फर्काएसगैँ नुवाकोटमा साविक नेकपा एमालेले आफ्नो पार्टी कार्यालयमा पूरानै बोर्ड प्रतिस्थापन गरेको छ । सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नुवाकोटमा यसअघि नेकपाको पाटी कार्यालय बनाएको साविक नेकपा एमालेको कार्यालयमा हिजो पुनः पाटीको पुरानै नाम नेकपा एमालेको बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा पहिलेकै अवस्थामा कायम रहने फैसला गरेसगै नेकपा एमाले नुवाकोटले अदालतको आदेशको स्वागतमा उत्सव सहित पाटी कार्यालयको नाम नेकपा एमालेबाट नै सुरु गरेको छ भने चुनाव चिन्ह सूर्य आफ्नो पक्षमै रहेको भन्दै कम्युनिष्ट झण्ड हसियाँ हथौडा र चुनाव चिन्ह सूर्यलाई पार्टी कार्यालयमा फहराएको छ ।

पाटी कार्यालयमा पार्टीको नयाँ बोर्ड तथा चुनाव चिन्ह सूर्यको प्रतिस्थापन गर्न आयोजित कार्यक्रममा नेकपा एमालेका नेताहरु केशब पाण्डे र बिन्दा ढुङ्गाना, एमाले नुवाकोटका उपाध्यक्ष बद्री मैनाली लगायतका यसअघि एमालेमा आबद्ध भएका जिल्ला नेता तथा कार्यकर्ता, भातृसँस्था एंव संगठनका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

नेकपाबारे सर्वोच्च अदालतले आइतबार गरेको फैसलाले ऋषिराम कट्टेलले नेतृत्वले नेकपाको आधिकारिता पाएसगैँ पाटीको नाम नेकपा र चुनाव चिन्ह सूर्य दाबी गर्दै आएको पूर्व माओवादी केन्द्र भने अदालतको आदेशको बिरोधमा देखिएपनि कसरी अघि बढ्ने अन्योल रहेको छ ।

पूर्व एमालेहरु भने अदालतको आदेशको पालना गर्नु नागरिकको कर्तव्यको रुपमा लिएर स्वागत सहित उत्सव नै मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web