विदुर । नेपालमा पछिल्लो चौविस घण्टामा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिएका छन् ।

चार हजार ३९१ जनाको पीसीआर परीक्षणको क्रममा ८९ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको जानकारी दिनुभएको छ ।

पछिल्लो चौबीस घण्टामा ४२ जना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई लाख ७० हजार ९२७ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । अहिलेसम्म २१ लाख ९७ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिले ८७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ जना क्वारेन्टिनमा रहेका छन् । केही दिनदेखि कसैको पनि मृत्यु नभए पनि पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ योसँगै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११ जनाको मृत्यु भएको छ ।

17.86¡ÆC