नुवाकोटमा ५५ वर्ष उमेर माथीलकाई पनि खोप लगाउन भनियो

फाल्गुन २२, २०७७ मा प्रकाशित | 590 views

विदुर । भोलि २३ गतेदेखि सुरु गर्न लागिएको कोरोना रोग विरुद्धको खोप अभियानमा ६५ वर्ष माथीका व्यक्तिलाई मात्रै समावेश गरेर लगाउन केन्द्रबाट निर्देशन भएपनि नुवाकोटमा भने यसअघिकै घोषणा अनुसार ५५ वर्ष माथीकालाई पनि लगाइने भएको छ ।

यसको लागी यसअघि तालिम दिए अनुसार नै सेवा पुराउन स्वास्थ्य कार्यालय नुवाकोटले सम्बन्धित स्वास्थ्य शाखाका प्रमुखहरुलाई मौखिक रुपमा जानकारी गराएका छन् । यसअघि तािलम दिने समयमा ५५ वर्ष माथिका नागरिक, शिक्षक,सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि समावेश गराएर खोप लगाउन भनिएकाले शुक्रबार अचानक खोपको मात्रा कम भएको भन्दै ६५ वर्ष माथीकालाई मात्र खोप लगाउन केन्द्रबाट निर्देशन आएको थियो । यद्यपी नुवाकोटमा खोप प्रतिको आकर्षण कम भएको र हाल १५ हजार डोज खोप मौजुदा भएकाले ५५ वर्ष माथीका व्यक्तिहरु खोप लगाउन आएमा लगाईदिन भनिएको छ ।

नुवाकोटमा वास्तविक तथ्याङ्क नभएपनि ५५ वर्ष माथिका नागरिक कुल जनसङ्ख्याको करिब १२ प्रतिशत रहेको अनुमानको आधारमा नुवाकोटमा तीनलाख जनसङ्ख्याको आधारमा ३५ हजारलाई लक्षित गरेर खोप कार्यक्रम चलाउन लागिएको छ  । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालको अनुसार भोलिदेखि सुरु हुने खोप कार्यक्रममा यसअघिको लक्षित बर्गको रुपमा नाम सूचिकृत भएर पनि लगाउन बाँकी रहेकालाई समेत खोप लगाइने भएको छ । ५५ वर्ष उमेर माथीका सबै र यसअघि छुट भएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, जनप्रतिनिधि, कर्मचारी  लगायतलाई पनि खोप कार्यक्रममा सहभागी हुन अपिल गरिएको छ ।

खोप लगाउनको लागी नुवाकोटमा ८८ वटा खोप केन्द्र तोकिएको छ भने प्रत्येक खोप केन्द्रले ५ दिन कार्यक्रम चलाउने जिम्मेवारी दिइएको छ । खोप कार्यक्रम चलाउन एक केन्द्रमा चार जनाको दरले स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक राजकुमार थापाले जानकारी दिनुभएको छ ।

नुवाकोटमा भोलि २३ गतेदेखि जिल्लाको ५वटा  पालिकाहरु दुप्चेश्वर, सूर्यगढी, तादी, ककनी र लिखु गाउँपालिकामा सञ्चालन गर्न लागिएको छ भने बाँकी पालिकामा अहिले नियमित खोप कार्यक्रम चलिरहेकाले आगामी २६ गतेबाट मात्र खोप लगाउन लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web