रेडक्रसको बागमति प्रदेसको साधारण सभा र जुरेस गोष्ठि विदुरमा सम्पन्न

फाल्गुन २२, २०७७ मा प्रकाशित | 610 views

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको दोस्रो वार्षिक साधारणसभा तथा प्रदेसस्तरीय तेश्रो जुनियर युवा रेडक्रस शिविर नुवाकोटको बिदुरमा सम्पन्न भएको छ ।

हिजो शुक्रबारदेखि सुरु भएको दोश्रो वार्षिक साधारणसभाको उद्घाटन नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष डा. नेत्र तिमिल्सिनाले गर्दै विपद्को पर्यावाचीको रुपमा रेडक्रसको भूमिकाको सम्मानलाई कायमै राखेर आगामी दिनमा निरन्तर लाग्न आग्रह गर्नुभएको छ । साधारण सभा मार्फत रेडक्रस बागमति प्रदेश मार्फत यो एक वर्षमा गरेको कामको समीक्षा र सहित आगामी एक वर्षको भावि रणनीति तय गरिएको छ । भूकम्पले क्षति पुराएका जिल्ला, पहिरो तथा बाढीको प्रकोपबाट उच्च जोखिममा रहेको स्थान, भूकम्पको उच्च जोखिममा पर्ने उपत्यका सहितको स्थानहरु बागमति प्रदेशमा पर्ने भएकाले रेडक्रसकर्मीलाई मानवीय सेवाको रुपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने दायित्वकोबोध गरिएको सहभागी रेडक्रसकर्मीहरुले बताएका छन् ।

बागमति प्रदेसशको दोश्रो सभामा रेडक्रस केन्द्रका उपाध्यक्ष शर्मिला कार्की, महामन्त्री पिताम्बर अर्याल, कोषाध्यक्ष सिताराम कोइराला, उप–कोषाध्यक्ष होमप्रसाद पाठक लगायतको सहभगिता रहेको रेडक्रस बागमति प्रदेशका महासचिव राम्जी पौडेलले जानकारी दिनुभएको छ ।

यसैबीच, दोश्रो सभामा सम्पन्न भएसगैँ पुनः बागमति प्रदेशको जुनियर रेडक्रस सर्कल तथा युवा गोष्ठि पनि विदुरमै गरिएको छ । गोष्ठिको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य एंव काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र रेडक्रस केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष डाक्टर नेत्रप्रसाद तिमल्सेनाले सयुक्त रुपमा गर्नुभएको हो । नुवाकोटको पृथ्वी माध्यामिक विद्यालय सहित बागमति प्रदेशको १३ जिल्ला मध्ये भक्तपुर र सिन्धुली शाखा बाहेक ११ वटा जिल्लाबाट प्रतिनिधित्व गरेका एक–एक विद्यालयको जुरेशले आ–आफ्नो जिल्लामा गरेका जुरेश गतिविधि प्रस्तुत गरेका थिए भने गोष्ठिले ६ बुँदे नुवाकोट घोषण पत्र जारी गर्दै सम्पन्न भएको छ ।

नुवाकोट घोषण पत्रमा बागमति प्रदेसस्तरीय तेश्रो जुनियर युवा रेडक्रस शिविर मार्फत प्रतिबद्धताको रुपमा ‘जुनियर तथा युवा : महामारीमा पुराउनेछन सेवा’ भन्ने नारालाई आत्मसाथ गरिएको छ भने रक्तसञ्चार क्षेत्रमा एक घर : एक रक्तादातालाई प्रोत्साहन जगाउने, रेडक्रसको जिल्ला शाखासंगको समन्वयमा सबै स्थानीयतहहरुमा जुरेस र युरेस समिति गठन गर्ने र जुरेस र युरेस मार्फत सञ्चालित गतिविधिको लागी प्रति व्यक्ति ५ रुपैयाँ जममा गर्ने अभियानलाई निरन्तार दिने उल्लेख गरिएको छ ।

यसैगरी, प्राकृतिक प्रकोपहरु, मौसम परिवर्तन, महामारीका रोगहरु, रक्तसञ्चार, विपद् न्युनियकरण, सडक सुरक्षा, साइबर बुलिङ्ग तथा व्यावस्थापन, ब्याबहार परिवर्तन, सामुदायिक उत्थानशिलताको प्रबद्र्धन, बसाईसराई, मानब बेचविखन एंव महिला हिंसा न्युनिकरण र बालबालिका संरक्षण लगायतका गतिविधिलाई आत्मसाथ गरिने नुवाकोट घोषणा पत्रमा समावेश गरिएको छ ।

बागमति प्रदेशको जुनियर रेडक्रस सर्कल तथा युवा गोष्ठि सुरु हुनुपूर्व रेडक्रस जिल्ला शाखा कार्यालयबाट रेडक्रसको केन्द्रीय पदाधिकारी, बागमति प्रदेश पदाधिकारी सहित प्रदेशका जिल्ला पदाधिकारी एंव जुरेस/युरेसमा आबद्ध विद्यार्थी, शिक्षक नायक तथा विपद्को क्षेत्रमा क्रियाशिल संघसस्था सम्मिलित भएर विदुरमा प्रभातफेरी गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका समुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web