बेलकोटगढी नगरपालिका वडा नं.४ पन्चासेमा शिव मन्दिरको निर्माण भएको छ ।

‘आरूकोटे वस्तीमा निर्माण गरिएकाले शिव मन्दिरको नाम नै ‘आरुकोटे शिव मन्दिर’ नामाकरण गरिएको छ । गएको वर्षको शिवरात्री पर्वको अवसरमा बेलकोटगढी नगरका प्रमुख राजेन्द्ररमण खनालले शिलान्यस गर्नुभएको मन्दिरको एक वर्षको अवधिमै काम सम्पन्न भएसगैँ यो वर्षको शिवरात्री पर्वको अवसरमा फागुन २७ गते नगर प्रमुख राजेन्द्ररमण खनालबाटै उद्घाटन गर्न लागिएको छ ।

बेलकोटगढी नगरपालिका मार्फत दुई लाख रुपैयाँ सहयोग उपलब्ध भएसगैँ स्थानीयबासीले श्रमदान सहित भौतिक र नगद रुपैयाँ गरेर ९ लाख रुपैयाँ भन्दाबढी योगदान गर्दै प्यागोडाशैलीको शिव मन्दिरको निर्माण सम्पन्न गरेको हो । मन्दिरको उद्घाटनको तयारी स्वरुप अहिले भगवानको प्रतिस्थापन गर्ने, रङ्गरोगन लगाउने तथा बाँकी संरचनाको निर्माण पूरागर्ने काम भैरहेको मन्दिर निर्माणमा महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुभएका निर्माण समितिका पदाधिकारी रामशरण सुवेदीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार मन्दिर निर्माणको लागी सहयोग पुराउने दाताहरु मध्ये पाँच हजार भन्दा बढी दिनेको नाम मन्दिर परिसरमा शिलालेखमा ठेगाना सहित उल्लेख गरिने भएकाले अहिले त्यसको पनि तयारी मिलाउन लागिएको छ । मन्दिर निर्माण भएसगैँ स्थानीयबासी तथा आउजाउ गर्नेहरुमा भगवान प्रतिको आस्था बढाउने, शिवरात्री सहित तिज, दशै, तिहार, पूर्णिमा लगायतका पर्वहरुमा मेला लगाउन सहज हुने विश्वास गरिएको छ ।

27.4¡ÆC