विदुर । नेपालमा कोरोना संक्रमण कम भएसँगै विदेशी पर्यटक नेपालमा आउने क्रम बढ्न थालेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कमा फेब्रुअरी महिनामा नेपालमा आउने विदेशीको संख्या वृद्वि हो । यस महिनामा विभिन्न देशबाट नौ हजार १४६ जना विदेशी नेपाल आएकोमा छहजार ८८९ जना आफ्नो देशमा फिर्ता भएका छन् ।

यसअघि कोरोनाको महामारीमा नेपाल आउने भन्दा आफ्नो देश फर्कन अवस्था थियो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशी पर्यटकको आगमन धेरै नभए तापनि विस्तारै पर्यटकको आगमन बढ्दै गएको पाइएको छ ।

हाल पर्यटक आउने ऋतु सुरु भए तापनि नेपालमा क्वारेन्टाइनको व्यवस्थाका कारण पर्यटकहरु नेपाल आउन नचाहेकाले ‘क्वारेन्टाइनको व्यवस्था हटाएमा अहिलेको भन्दा धेरै गुणामा पर्यटकको आगमन हुने देखिएको छ ।

यसैबीच, होटल सङ्घ नेपालका महासचिव साजन शाक्यले विदेशी पर्यटकले होटलको बुकिङ्ग गर्नेको संख्यामा कमी भएता पनि विशेषगरी राजधानी काठमाडौमा बाहेक पोखरा, लुम्बिनी, चितवन, बन्दीपुर, नगरकोट, धुलिखेललगायत क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल भने निकै बढिरहेको बताउनुभएको छ ।

17.77¡ÆC